Wednesday, 29 July 2015
अन्ततः युद्ध गर्नै पर्दछ : मोहन वैद्य
संविधानसभाबाट संविधान जारी गर्ने तयारी लगभग अन्तिम चरणमा पुगिरहेको समयमा संविधानसभा बाहिर रहेको नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले अब बन्ने संविधानबाट मुलुकले निकास नपाउने दाबी गरेका छन् । उनले मुलुकलाई सार्थक निकास दिन नयाँ क्रान्तिको आवश्यकता औंल्याउँदै त्यसका लागि फेरि पनि युद्धमा जानुको विकल्प नभएको बताएका छन् ।
justify;">प्रस्तुत छ, ईमेज खबर डट कमका लागि ठाकुर बेलवासे र सुदर्शन आचार्यले वैद्यसँग गरिएको कुराकानी :
तपाईले समेत नेतृत्व गरिरहेको अवस्थामा तत्कालिन युद्धरत माओवादीले दिल्लीमा नेपालका सात राजनीतिक दलसँग १२ बुँदे सहमति गरिरहँदा तपाई भारतको जेलमा हुनुहुन्थ्यो । सरसर्ती हेर्दा त्यो १२ बुँदे सहमतिमा तपाईको कतै संलग्नता देखिदैंन, जसको आधारमा मुलुक यहाँसम्म आइपुगेको छ, त्यो १२ बुँदे सहमतिका बारेमा तपाईको धारणा अहिले कस्तो छ ?
जुन परिवेशमा जसरी १२ बुँदे सहमति गरियो, त्यो बेठिक थियो भन्ने मलाई लागेको छ । साथै हामीले एमाओवादीसँग सम्बन्ध बिच्छेद गरेर नेकपा–माओवादी गठन गर्ने बेलामै हामीले यो गलत भयो भनेका थियौं