नायिका करिश्मा मानन्धर शुक्रबार प्रहरी कारबाहिमा परेकी छिन । उनलाई चावहिल चोकमा ड्युटिमा रहेको ट्राफिक प्रहरीले गाडि चलाउदै फोनमा बोलेको भन्दै कारबाही गरेको हो ।सो क्रममा करिश्माको टीम र प्रहरीबीच केहि विवादसमेत भएको थियो । करिश्माले भने आफु फोनमा कुरा नगरेको बताइन । सँगै रहेकी निर्देशक सम्झना रौनियारले आफुलाई हातमा फोन दिदै गर्दा प्रहरीले रोकेको उनको भनाई छ । करिस्मा एनएफडिसी अवार्डको प्रमाण पत्र बितरण समारोहमा भाग लिन त्यसतर्फ जादै थिइन ।